• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 08:44:20

नेपाल महिला संघ सल्यानद्धारा निर्मला पन्तको हत्यारालाई कारबाही गर्न माग


रेडियो राप्ती, समाचार डेस्क,
सल्यान ७, असोज ।
कञ्चनपुरकी निर्मला पन्तको हत्या लगाएत बलात्कार, हिंसाका घटना बढेको, महंगी कालोबजारी रोक्न तर्फ सरकारले ध्यान नदिएको भन्दै नेपाल महिला संघ सल्यानले आइतबार आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।


नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ सल्यानकी अध्यक्ष सुभद्रा बस्नेतको नेतृत्वमा निकालिएको ¥याली खलंगा बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्रमा दैनिक रुपमा हुने गरेका वाल दुब्र्यवहार र महिला हिंसाका घटनाले संघलाई निक्कै पीडाबोध गराएको उल्लेख छ । सरकारले कञ्चनपुर घटनालाई ढाकछोप गर्दै अपराधीलाई जोगाउने प्रयास गरेको आरोप लगाउदै संघले आपत्ति जनाएको छ ।


उनीहरुले अपराधीको पहिचान गरी कार्वाही गरी पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ¥याली सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल महिला संघ की केन्द्रिय सदस्य पद्मा शाह, जिल्ला कार्य समितीका पदाधिकारी लगाएको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का