• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 06:11:21

खानेपानी र सरसफाई प्रदेश सरकारको प्रथामिकता : मन्त्री ज्वाला



सल्यान २०, असोज ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले खानेपानी र सरसफाई प्रदेश सरकारको प्रथामिकतामा रहेको बताएका छन् । शुद्ध पानी पिउनु र स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकार संविधानमा ग्यारेन्टी भएकोले यसको परिपुर्ति गर्न सरकारले नीति कार्यक्रम अघि सारेको उनले बताएका हुन्  । ‘जनताले खानेपानी मात्र होईन, स्वच्छ खानेपानी पिउन पाउनु पर्दछ, त्यसका लागि नेपाल सरकारले नीति कार्यक्रम अघि सारेको छ’—उनले भने ।


शनिबार सल्यानको शितलपाटीमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सल्यानको दोस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ठूला खानेपानी आयोजना केन्द्र सरकारसंग जोडिएको विषय भए पनि साना र मझौला खानेपानी योजना स्थानीय र प्रदेश सरकारले सञ्चालन गर्ने जिम्मेवारी रहेको  उनले बताए । ‘एक घर एक धारा कार्यक्रम अभियान सरकारका तर्फवाट सञ्चालन गरिने छ, खानेपानीमा जनताको पहुँच पु¥याउने गरी प्रदेश सरकारले प्राथमिकता राखेर निति कार्यक्रम र वजेट ल्याएको छ’—उनले भने ।


मन्त्री ज्वालाले विकास आयोजनालाई प्रभावकारी, गुणस्तरिय वनाउन नागरिक संगठन, उपभोक्ताहरु सक्रिय वन्नु पर्नेमा जोड दिए । आयोजनामा विनियोजन भएको वजेटको  सदुपयोग नभएको गुनासो आईरहेकोले सवै चनाखो वन्नुपर्ने बताउदै भ्रष्टाचार, अनियमितता रोक्न सवै लागी पर्न उनले आग्रह गरे । कर्णाली प्रदेशमा पूर्वाधारमा सडक,  विद्युत र खानेपानी लगायतका क्षेत्रमा विकास गर्न आवश्यक वजेटका लागि संघिय सरकार,  वैदेशिक सहयोग, आन्तरिक र वाह्य स्रोतको खोजी गरिरहेको ज्वालाको भनाई छ । ‘यहाँको विकास गर्न सवै तिरवाट सहयोग आवश्यक छ, सल्यान लगायतका पहाडि जिल्लामा खानेपानीका मुहानहरु सुक्दै गएकोले वन र वातावरण संरक्षणमा उपभोक्ताहरुले  ध्यान दिनु पर्छ’ उनले भने —‘वनजंगल विनासले खानेपानीमा समस्या उत्पन्न भएको छ ।’


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवहादुर विष्टले जिल्लाभर खानेपानीको अवस्था वारे तथ्याङ संकलन भैरहेको बताए । ‘जिल्लामा खानेपानीको  अवस्था पत्ता लगाई सकेपछि के गर्नु पर्छ थाहा हुने छ, सल्यान जिल्लालाई सन २०२२ सम्म पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने तयारी भैरहेको छ, खानेपानीको ब्यवस्था नभए सम्म सरसफाईले पूर्णता पाउदैन, यसलाई कार्यान्वयन गर्न खानेपानी उपभोक्ताका सदस्यहरुले खवरदारी गर्नु आवश्यक छ’— उनले भने ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेकपा नेता भीम प्रकाश शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, गैह्रसरकारी संस्था महासंघका पूर्वअध्यक्ष ज्ञानेश्वर केसी लगायतले शुभकमना मन्तब्य राखेका थिए । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका उपाध्यक्ष पूर्णिमा विकको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको अध्यक्षता केशव वुढाथोकीले गरेका थिए । कार्यक्रमको सञ्चालन राजेश विकले गरेका थिए । अधिवेशनले नीति कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्ने छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का