• बिहीबार-१-१३-२०८१/ 25-Thursday-2024
  • 08:58:41

कर्णालीमा लगानी दाताहरुको सहयोग आबश्यक : मन्त्री ज्वाला

 

 

सल्यान २३, असोज ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि बिकास साझेदारी संस्थाको सहयोग आबश्यक रहेको बताएका छन् । कर्णालीको विकासका लागि प्रदेश सरकार निकै आतुर रहेको र जनअपेक्षा वमोजिम विकास कार्यलाई तिव्र गतिमा संचालन विकास साझेदार संस्थाहरुको सहयोग आबश्यक रहेको बताएका हुन् ।

कर्णाली प्रदेशको बिकासको लागी साझेदार संस्थाहरुको सहयोगले कर्णालीले छोटो समयमा पनि बिकासको धेरै फट्को मार्ने बताएका हुन् । मंगलबार सल्यानको कालीमाटी गाउपालिकाको रामपुरमा भएको वहुपक्षीय विकास साझेदारहरु र गाउपालिकाका जनप्रतिनिधहरु बिचको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रदेश सरकार र बिकास साझेदार संस्थाहरुको प्राविधिक जनशक्ति रहने गरि विज्ञ वैंक स्थापना गर्ने सहमति भएको बताए । विज्ञ वैंकले कर्णाली प्रदेश सरकारको परियोजना वैंक तयार गर्ने र प्राथमिकताका आधारमा विकास कार्यलाई अगाडि वढाईने उनको भनाई छ ।

मन्त्री ज्वालाले कर्णालीको बिकासको लागी धेरै सम्भावना भएकाले समनुत र बिकसित कर्णाली बनाउनको लागी आफुहरुले प्रयास गरिरहेको बताए । उनले प्राथमिकताका क्षेत्रहरु सडक, जलविद्युत, कृषि, पर्यटन, उद्योग, शिक्षा–स्वास्थ्य र गरिवि निवारणका क्षेत्रमा लगानी गर्न  लगानी दाताहरुलाई आग्रह गरे ।

कर्णालीको विकासका लागि प्रदेश सरकारको प्राथमिकताका योजनामा लगानी गर्न दाताहरु सकारात्मक  देखिएका छन । कर्णालीको वहुआयामिक विकासका लागि कर्णाली प्रदेश सरकारले विकास साझेदार संस्थाहरु डिएफआईडी, विश्व वैंक, युरोपीएन युनियन, युएनडिपि सकारात्मक देखिएका हुन ।

कार्यक्रममा बोल्दै डिएफआईडीका रुरिक मार्सडेनले कर्णाली प्रदेश सरकारको निमन्त्रणामा कर्णालीको बिकास सम्भावना अध्ययन गर्न आफुहरु कर्णाली आएको बताए । उनले प्रदेश सरकार र स्थानिय सरकारको प्राथामिकताका बिकास योजनाहरुका आधारमा आफुहरुले काम गर्ने बताए । आफुहरुले गरेको लगानीले कर्णालीका जनतालाई प्रत्यक्ष रुपमा फाईदा हुुने गरी आफुहरुले काम गर्ने उनले बताए ।

कार्यक्रममा गाउपालिकाका जिल्ला समन्वय समितीका उपप्रमुख हरी प्रकाश बुढाथोकी, गाउपालिका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सहनशिलता वली, जनप्रतिनिधि, साझेदार संस्थाहरुको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन, सइद खादेद असन, पत्रकार लगायत सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का