• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 09:09:21

ईको भिलेज मार्फत अग्रसर बन्दै सल्यानका स्थानिय



सल्यान २८, असोज ।
सल्यानको पश्चिमी क्षेत्रका स्थानियहरु हरेक क्षेत्रमा अग्रसर बन्दै गएका छन् । परम्परागत तरिकाले जिवन निर्बाह गर्दै आएका उनीहरु अहिले हरेक क्षेत्रमा सहभागी हुनुका साथै ब्यबसायिक समेत बन्दै गएका हुन् । ओरेक नेपाल सल्यानको सहयोगमा यहाँका बिभिन्न स्थानहरुलाई हरेक क्षेत्रमा सवल बनाउन ईको भिलेज मार्फत पछाडी परेको समुदायमा शिक्षा, स्वास्थ्य सँगै आयआर्जन सम्बन्धी काम अगाडी बढाईएको हो ।


बन्गाड कुपिण्डे नगरपालिकाका नेव बहादुर शाहले अहिले ब्यबसायिक रुपमा नै तरकारी खेती गर्दै आएको बताएका छन् । पहिले सिचाई नहुदाँ जीवन निर्बाहका लागी मात्रै तरकारी खेती गर्दै आएका उनले अहिले ब्यबसायिक रुपमा नै तरकारी खेती गर्दै आएका हुन् । ‘पहिले सिचाई पोखरी थिएन, तरकारी खेतीगर्न समस्या थियो, ओरेक नेपालले सिचाई पोखरी निर्माण गरिदिएपछि तरकारी खेतीगर्न सजिलो भएको छ’— उनले भने ।


आरेक नेपालले बिगत ५ बर्ष देखी बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ कुपिण्डे र वडा नम्बर ११ माझकाँडामा काम गर्दै आएको छ । तरकारी, खोनपानी, बालबिकास, भेटेनरी, तरकारीको बिउ, सिचाँई पोखरी, महिला स्वास्थ्य परामर्श क्लिनिक लगाएतका ११ वटा क्षेत्रमा काम गरिरहेको ओरेक नेपालका जिल्ला कार्यक्रा संयोजक अशोक चौधरीले बताए ।


उनले यहाँका करिब १ सय १० बढी घरधुरी लाभान्वित भएको बताए । उनले यस क्षेत्रमा खानेपानीका ४ वटा योजना, सिचाईका २ वटा योजना सम्पन्न गरेको बताए । एक गाँउ एक उत्पादन भन्ने नाराका साथ काम गरिरहेको उनले बताए । ओरेक नेपालको सहयोग तथा नागरिक सरोकार मञ्च नेपाल र पास नेपाल सल्यानको आयोजनामा यस क्षेत्रमा २ करोड बढी लगानी गरिएको छ । स्थानियलाई कुनै न कुनै आय आर्जन सँग जोड्ने लक्ष्यका साथ काम गरेको नागरिक सरोकार मञ्च नेपाल सल्यानका जिल्ला कार्यक्रम संयोजक युवराज वलीले बताए ।


यसैबिच कुपिण्डे र माझकाँडाका ईको भिलेजहरुमा जिल्ला स्तरीय अनुगमण गरिएको छ । जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसी, ओरेक नेपालका जिल्ला कार्यक्रम संयोजक अशोक चौधरी, नागरिक सरोकार मञ्चका जिल्ला कार्यक्रम संयोजक युवराज वली, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिब शिब डाँगी लगाएतको टोलीले अनुगमण गरेको हो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष