• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 11:47:27

बन्गाडका २ सय बढी कर्मचारीले तलव खान पाएनन्



सल्यान २८, असोज ।

सल्यानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले तलव खान नपाएको बताएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालीकामा कार्यरत शिक्षक तथा कर्मचारीले दशैको मुखमा आएर तलव खान नपाएको बताएका छन् । यस नगरपालिका अन्र्तगतका कार्यालयमा कार्यरत २ सय २२ जना कर्मचारीले तलव खान नपाएका हुन् ।

चाडपर्वको समयमा आएर तलव नपाएपछि चाडवाड मनाउन समस्या भएको मुक्ति माद्यामिक बिद्यालयका प्रधानाध्यापक नोख राज विएमले बताए । यहाँका शिक्षक सँगै २ सय २२ जना कर्मचारीले ३ महिना देखी तलव खाना पाएका छैनन् । अहिले सम्म तलव आउने आसमा थियौँ, तलव नआउने भयो, ऋण काढेर दशै तिहार मनाउनु पर्ने बाध्यता भयो आक्रोस हुदैँ उनले भने —‘यो बर्षको दशैँ यसै जाने भयो ।’

नगरपालिकाको नगरसभा अहिले सम्म बस्न नसक्दा यहाँ सामाजिक सुरक्षा भत्ता तथा सुत्केरी भत्ता समेत बितरण हुन सकेको छैन् । समयमा नै नगरसभा नबसेका कारण सामाजिक सुरक्षा भत्ता पाउदैँ आएका बृद्धबृद्धा, अपांग, एकल महिला सबै निरास बनेका छन् । नगरसभा नबसेका कारण दशै नजिकिदैँ गर्दा पनि तलव भत्ता निकासा हुन सकेको छैन् ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नोखिराम वलीले नगर सभा सम्पन्न नहुदाँ तलव भत्ता खुवाउन नसकिने बताए । ‘कानुनी प्रावधानले समस्या भएको छ’— उनले भने । ‘नगरसभा वस्नका लागि शुरुमा कार्यपालीकाको वैठक वसेर केहि कुरामा नितीगत निर्णय गर्नुपर्ने हो’ उनले थपे —‘केहि जटिलताका कारण दशै अघि कर्मचारीलाई तलव भत्ता खुवाउन सकिदैन् ।’

मेयर, उपमेयर र वडाअध्यक्ष विचको आपसी बेमेलका कारण नागरिकले पाउनु पर्ने सम्पुर्ण सेवाहरु ठप्प छन् । नगरसभा समयमा नहुदाँ यहाँका विकास निर्माणका कामले समेत गती लिन सकेका छैनन् । आर्थिक बर्ष शुरु भएको झण्डै ३ महिना बितिसक्दा समेत नगरसभा नबस्दा, बिकास निर्माणका कामहरु शुरु नहुदाँ स्थानिय चिन्तित बनेका छन् ।

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष