• मंगलबार-१-११-२०८१/ 23-Tuesday-2024
  • 11:42:40

सल्यानबाट निर्बाचित मन्त्री ज्वालाको निरन्तरको प्रयास



बुद्धि पुन, समाचार डेस्क
सल्यान ७, मंसिर ।
राप्ती लोकमार्ग अन्र्तगत दाङ—सल्यान सडक खण्डको मर्मत गरिने भएको छ । बर्षामा हिलो र हिँउदमा धुँलोका कारण यात्रुहरुले सास्ती भोग्दै आएको यस सडक खण्डको कालो पत्रे सहितको मर्मत गर्न लागिएको हो । यस सडक खण्डमा दैनिक सयौँ सवारी साधनहरु गुड्ने गर्दछन् । तर भरपर्दो सडक नहुदाँ यस सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।


राप्ती लोकमार्ग अन्र्तगत दाङ—सल्यान सडकखण्डको अधिकांश स्थानको कालोपत्रे उप्किएपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको अबस्थामा सल्यानबाट निर्बाचित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको निरन्तर प्रयासपछि यस सडकको मर्मत सुधार हुने भएको हो । ज्वालाले राप्ती लोकमार्ग अन्र्तगत दाङ—सल्यान सडकखण्डको पूर्ननिर्माणको काम छिट्टै शुरु हुने बताउनु भएको छ ।  


उहाँले भन्नुभयो —‘सडकको मर्मत, सुधारका लागी भनेर केन्द्र सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट अर्थमन्त्रालयमा पठाईसकिएको छ ।’ दाङको तुलसीपुरदेखि सल्यान खलंगासम्म निकै गाडीको चाप हुने गरेको छ । गाडीको चाप अनुसारको सडक नभएपछि आवज जावतमा कठिनाई भइरहेका बेला केन्द्रीय सरकारबाट ४९ करोड रकम विनियोजित भएको हो । मन्त्री ज्वालाले दाङको तूल्सीपुर देखी सल्यान सदरमुकाम खलंगा सम्मको सडकमा कालो पत्रे सहित, सडक चौडाको काम पनि गरिने बताउनु भएको छ । बहुबर्षे आयोजना अन्र्तगत यो काम शुरु हुने उहाँले बताउनु भएको हो ।


‘बहुबर्षे योजना अन्र्तगत यस सडकको मर्मत, सुधारको काम हुन्छ, अर्थ मन्त्रालयबाट डिभिजन कार्यालय दाङमा आउछ, ठेक्का प्रक्रियाबाट काम शुरु हुन्छ’ मन्त्री ज्वालाले भन्नुभयो —‘अब जनताहरुले जोखिम मोलेर यात्रा गर्नु पर्दैन् ।’ लामो समयको प्रयास पछि यस सडकमा बजेट बिनियोजन भएको बताउदैँ उहाँले यस सडकको मर्मत सहितको पूर्ननिर्माणको काम छिट्टै शुरु हुने बताउनुभएको छ । जिल्लाको कपुरकोट, लुहाम, श्रीनगर जस्ता बजारहरुमा दूई लेन बनाउने उद्धेश्य राखिएको छ । तुलसीपुर–सल्यान खडक खण्डका लागि मन्त्री ज्वाला पाँच बर्षदेखि निरन्तर लागिरहनु भएको थियो ।


उहाँले राप्ती लोकमार्ग सँगै सल्यानका अन्य ग्रामिण सडकहरुको मर्मत सुधारको लागी आफुले बिभिन्न निकायसँग पहल गरिरहेको बताउनुभयो । जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्युत्त, खडक लगाएत भौतिक पूर्वाधारहरुको बिकास आफ्नो पहिलो प्राथामिकता रहेको बताउदैँ उहाँले आबश्यकताका आधारमा ती सम्पूर्ण कामहरु पनि पुराहुने बताउनु भएको छ ।


राप्ती लोकमार्ग अन्र्तगतको दाङ तुल्सीपुर देखी सल्यान खलंगा सम्मको सडकको मर्मत तथा पूर्ननिर्माण हुने भएपछि स्थानिय खुसी भएका छन् । यस सँगै हिउदँमा धुलो र बर्षामा हिलोका कारण जोखिमपूर्ण तरिकाले यात्रा गर्नु पर्ने बाध्यताको अन्य हुने अपेक्षा समेत गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का