• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 04:10:49

यूएस ओपन टेनिसको उपाधि जितिन् जापानकी नाओमी ओसाकाले


सल्यान २४, भदौ ।

जापानकी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । ६ पटककी उपाधि विजेता सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै ओसाकाले उपाधि जितेकी हुन् ।

ओसाका युएस ओपन जित्ने पहिलो जापानीज खेलाडी बनेकी छन् । उनले सेरेनलाई ६–२ तथा ६–४ को सेटमा पाखा लगाएकी थिइन् ।  ओसाकाले पहिलो सेट सजिलै जिते पनि दोस्रो सेटमा भने संघर्ष गर्नु परेको थियो । खेलका दौरान सेरेना र एम्पाएरबीच विवादसमेत भएको थियो ।  पछि सेरेना आफैले माफि मागेकी थिइन् ।

सेरेनाले रेफ्रिलाई चोर भनेको सार्वजनिक भएपछि उनले माफि मागेकी हुन् । उनले रेफ्रीलाई  भनिन्, ‘म माफी माग्छु, मैले कुनै बेइमानी गरेको छैन । म एउटी छोरीकी आमा पनि हुँ त्यसैले असल आमाको उदाहरण पनि म बन्न चाहन्छु ।’

जित पछि जापानीज खेलाडी ओसकाले लामो समय देखि सेरेनासँग खेल्ने इच्छा पूरा भएको छ । सबैले सेरेनालाई साथ दिँदा पनि मैले खेल जित्न सकेँ, त्यो नै उपलब्धी हो । साथै उनले सेरेना प्रति झुकेर सम्मान पनि व्यक्त गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ९ असोज । सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको

प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु

रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक