• बिहीबार-१-६-२०८१/ 18-Thursday-2024
  • 09:11:42

सिद्धकुमाख गाउपालिकामा नमुना एसईई परिक्षा शुरु



सल्यान २५, मंसिर ।
सल्यानको सिद्धकुमाख गाउपालिकाले कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको मूल्यांकन गर्न शुरु गरेको छ । आउदैँ गरेको एसईई परिक्षालाई मध्यनजर गर्दै यस गाउँपालिकाले गाउपालिका स्तरीय परिक्षा सञ्चालन गरेको हो । परिक्षा सञ्चालनको लागि गाउँपालिकाका ५ वटा माद्यामिक बिद्यालयलाई नै परिक्षा केन्द्र तोकी विद्यालय निरिक्षक सेमत खटाइएको छ । एसईई परिक्षालाइ सहयोग हुनेगरी गाउँपालिकाले यो अभ्यास पहिलो पटक गरेको हो ।


परिक्षामा सिद्धकुमाख गाउँपालिका भित्रका ५ वटा माद्यामिक बिद्यालयका २ सय १५ जना विद्यार्थीहरुको सहभागिता रहको छ ।  जसमा निराजन माद्यामिक बिद्यालय ढोरचौरवाट ६१ जना, नेपाल राष्ट्रिय मावि बडाकाँडाबाट ६३ जना, देउराली मावि कुइयाँझोलबाट ११ जना, सिद्ध मावि भडारेबाट १३ जना र महेन्द्र आदर्श मावि बाँझकाँडाबाट ६५ जना विद्यार्थी सहभागि रहेका छन् । मंसिर २३ गते देखि संचालन भएको परिक्षा पुष २ गतेसम्म संचालन हुनेछ ।


परिक्षा सकिएपछि सवै उत्तरपुस्तिका गाउँपालिकामा संकलन गरि जाँच गरिने छ । नतिजा पश्चात विद्यार्थीको शैक्षिक गुणस्तर हेरेर थप कार्यक्रम सञ्चालन गरिने शिक्षा शाखा प्रमुख मेघराज गौतमले जानकारी दिनुभयो । गत बर्ष यस गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट विद्यार्थिलाइ सम्मान समेत गरेको थियो । प्राविधिक धारमा अध्ययन गर्न चाहने २ जना उत्कृष्ट विद्यार्थीहरूलाइ यस गाउपालिकाले पूर्ण छात्रवृद्धिको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो ।  


गाउँपालिकाले शिक्षाको क्षेत्रमा रहेका कमीकमजोरी हटाउने लक्ष्य सहित यसको सुरूवात गरेको गाउपालिकाका सुचना अधिकारी भिम भण्डारीले बताउनुभयो । ‘यसअघि पनि गाउँपालिकाले शिक्षा शाखाको संयोजकत्वमा शैक्षिक कार्यदल गठन गरि शिक्षाको क्षेत्रमा रहेका कमि कमजोरी औल्याइ सुझाव समेत पेश गरिसकेको छ’—उहाँले भन्नुभयो ।


सिद्धकुमाख गाउँपालिकाले गाउँपालिका भित्रका सवै विद्यालयहरूलाई डिजिटल मैत्री बनाउदैँ गएको छ । भौतिक संरचनाको कमी भएको बिद्यालयमा भौतिक पुर्वाधार निर्माण गरी प्रबिधियुक्त कक्षा सञ्चालन गर्न थालेको गाउपालिकाले जनाएको छ । जस अन्र्तगत गाउपालिकाका बिभिन्न बिद्यालयमा कम्प्यूटर कक्ष, ईहाजिरी जडान गरेको छ । यस्तै सिसि टिभि र ईन्टरनेट जडान कार्य छिट्टै शुरु हुने गाउपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने