• मंगलबार-१-११-२०८१/ 23-Tuesday-2024
  • 05:03:27

जाडोको समयमा कालो चिया ? यस्ता छन् फाइदा !


सल्यान २९, मंसिर ।
अहिले सल्यान लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ । तर, चियामा सबैको रोजाई एकै नहुनपनि सक्छ । कसैले कालो चिया मन पराउँछन् त कसैले दुध चिया मनपराउँछन् ।


अझ भन्नुपर्दा स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । तर, दूध चिया भन्दा कालो चिया स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।

 

तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग र्पुयाउँछ ।

 

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

नियमित रूपमा कालो चिया पिउनाले विभिन्न समस्याहरू हुनबाट बच्न सकिन्छः

    ~मधुमेह
    ~उच्च कोलेस्ट्रोल
    ~मृगौलाको पत्थरी
    ~फोक्सोको क्यान्सर

 

प्रतिकृया दिनुहोस

राष्ट्रको सर्वाङगिन विकास: युवा र मदिरा

रेडियो राप्ती, सल्यान २६, असार । सिर्जनशिल एवं उत्पादनसिल कार्यमा सहभागी भई राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवाललाई आत्म साथ गर्दै देशको

'समृद्ध कर्णालीको लागी पूर्बाधार बिकास आबश्यक'

धिरज भण्डारी प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रर्यटन बर्ष २०१८ सुरु गदैँ मुगुको राराबाट भन्नुभयो—‘सुख नेपाली समृद्धि नेपाल’ निर्माण गर्न

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- 'सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा'

सल्यान १६, असोज । विभिन्न तत्वहरूको मिलनबाट हाम्रो शरीरको निर्माण भएको हुन्छ । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि पनि विभिन्न तत्वहरूको आवश्यकता