• शुक्रबार-१-१४-२०८१/ 26-Friday-2024
  • 01:31:41

योजनाहरु टेण्डर मार्फत गराउन निर्माण ब्यबसायीको आग्रह



सल्यान ४, पुस ।
सल्यानका निर्माण ब्यबसायीहरुले जिल्लामा निर्माण हुने योजनाहरु टेण्डर मार्फत गराउन अनुरोध गरेका छन् । निर्माण ब्यबसायी मार्फत गराउँदा सजिलो, छिटो र पारदर्शी हुने भन्दै टेण्डर प्रक्रिया मार्फत योजना निर्माणका कामहरु गर्न अनुरोध गरेका हुन् । बुधबार निर्माण ब्यबसायी संघ सल्यानले निर्माण योजनाहरु सबै टेण्डर मार्फत गर्नु पर्ने भन्दै जलस्रोत तथा सिचाँई बिकास डिभिजन कार्यालय सल्यानलाई ध्यानाकर्षण गराएको छ ।


निर्माण ब्यबसायी महासंघ कर्णाली प्रदेशका महासचिब डिल्ली केसी, सल्यान अध्यक्ष राजेश गिरी सहितको टोलीले डिभिजनल प्रमुख शिवनन्दन प्रसाद शाहलाई ध्यानाकर्षण गराएको हो । निर्माण ब्यबसायी संघ सल्यानका अध्यक्ष गिरीले जिल्लामा हुने हरेक बिकास निर्माणका कामहरु टेण्डर मार्फत गराउनुपर्ने बताए । उनले उपभोक्ता समिती मार्फत गराउदा काममा समस्या, स्थानियका बिचमा द्धन्द्ध, गुणस्तरीय काम नहुने भएकाले टेण्डर मार्फत काम गर्नुपर्ने बताए ।


यस्तै निर्माण ब्यबसायी महासंघ कर्णाली प्रदेशका महासचिब केसीले अहिले जिल्लाका बिभिन्न ठाँउहरुमा उपभोक्ता समिती गठन प्रक्रियामा नै समस्या देखिएको बताए । उनले यस्तो अबस्थामा टेण्डर मार्फत काम गर्दा राम्रो हुने बताए । साथै निर्माण कार्य समयमा नै नसकिनुमा व्यवसायीहरु, निर्माण कार्य खरिद प्रक्रिया, सार्वजनिक निकाय, परामर्स दाता आयोजनासंग सम्बन्धित अन्य पक्ष स्थानियहरुको समेत भुमिका रहने बताए ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का