• बुधबार-१-१२-२०८१/ 24-Wednesday-2024
  • 07:35:05

गोपीकृष्णमा नलाग्ने भयो ‘रामकहानी’, निर्देशक भन्छन् : धोका दियो


सल्यान २४, भदौ ।

शुक्रबारदेखि एकैसाथ देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रामकहानी’ काठमाडौंको गोपीकृष्ण हलमा भने नलाग्ने भएको छ । चलचित्र रिलिजको अन्तिम समयमा आएर हल सञ्चालकले धोका दिएका कारण गोपीकृष्णमा चलचित्र नलगाउने निर्णय गरिएको निर्देशक सुदर्शन थापाले बताए ।

‘खुला प्रतिस्पर्धा गर्न नसक्नेले मैदानमा सँगै लड्न सक्छु भनेर धाक किन देखाउनु ? हिम्मत भए खुल्ला प्रतिष्पर्धा गरेर देखाउन् हामी त्यसको सामना गर्न तयार छौ !’ निर्देशक थापाको भनाई छ ।

‘सुरुमा ठूलो हल कृष्ण मा ‘रामकहानी’लगाउने बताएको र अन्तिम समयमा आएर कृष्ण ‘रामकहानी’लाई नदिने, त्यसको साटो दुईसय दर्शक क्षमता भएको नमः मात्र दिने बताएपछि गोपीकृष्णमा ‘रामकहानी’ नलगाउने निर्णय गरिएको वितरक सुनिल मानन्धरले बताए ।

वितरक मानन्धरले भने, ‘कृष्णमा हामीलाई दिने बताएपछि हामीले पोस्टर समेत टाँसिसकेका थियौं । अन्तिम समयमा आएर कृष्ण नदिएर नमः दिने भएपछि हामीले चलचित्र नलगाउने  निर्णय गरेका हौं ।’ गोपीकृष्णको सबैभन्दा ठूलो हल गोपीमा ‘रोज’लगाउने बताएकोे गोपीकृष्णले कृष्ण भने खाली नै राखेको वितरक मानन्धरको भनाइ छ ।

त्यसो त गोपीकृष्ण हलबाट यस्तो हर्कत भएको यो पहिलो भने हैन । केही समय पहिले प्रदर्शनमा आएका चलचित्रहरु गाजलु, कबड्डी जस्ता चलचित्रहरुले समेत गोपीकृष्णबाट यस्तै समस्या भोग्नु परेको थियो ।

आफ्नो चलचित्र प्रदर्शनमा रहँदा अन्य चलचित्रहरुलाई गोपीकृष्णले साना पर्दामा सीमित गर्दै त्यसको फाइदा लिने गरेको गुनासो छ ।

 

प्रतिकृया दिनुहोस

छक्का पञ्जा तीनको ट्रेलर रिलिज

  हास्य विधामा बनेको चलचित्र छक्का पञ्जा ३ को ट्रेलर रिलिज भएको छ । सँगै चलचित्र रिलिज घोषणा समेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते

कुनै बेला काठमाडौ‌ंमा टिक्न नसकेर झापा फर्किएका थिए धुर्मुस

 असोज ४, काठमाण्डौँ । सिताराम कट्टेल ९धुर्मुस०को आज जन्मदिन परेको छ । लामो समयदेखि उनी कलाकरिता क्षेत्रमा लागिपरेका छन् । कलाकारिता क्षेत्रसँगै

नियमित आलु खानुहुन्छ ? यस्ता छन् फाईदा

सल्यान ४, असोज । आलु मन नपराउने मानिस कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई