• शुक्रबार-१२-१६-२०८०/ 29-Friday-2024
  • 07:40:59

गाउँमा खानेपानी आएपछि २९ घरधुरीमा खुसीयाली

 

 

सल्यान ५, पुस ।

सल्यानको कालीमाटी गाउपालिका वडा नम्बर २ बराढुंगाका शिबलाल वलीलाई खानेपानी ल्याउन घर देखी करिब १ घण्टा हिड्नु पथ्र्यो । घर नजिकैँ खानेपानीको मुहान नहुदाँ उहाँलाई पानी ओसार्नमा नै दिन बित्ने गर्दथ्यो । सिचाईँ गर्ने त परै जाओस खानेपानी समेत नहुदाँ उहाँलाई दैनिकी कटाउन निकैँ समस्या हुने गरेको थियो ।

उहाँ मात्रै होईन खानेपानी नहुदाँ बराढुंगाका २९ घरधुरीलाई खानेपानीको जोहो गर्न निकैँ समस्या हुने गरेको थियो । उनीहरुको दैनिकी नै खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । तर अहिले बराढुंगा बहुउद्धेश्यीय पानी प्रणली मार्फत गाउँमा खानेपानी पुगे पछि स्थानिय खुसी भएका छन् । यूएसएआईडिको आर्थिक तथा प्राबिधिक सहयोगमा दलित बिकास समाज सल्यानद्धारा सञ्चालित पहल कार्यक्रमले सो खानेपानी आयोजना सम्पन्न गरेको हो ।

पहल कार्यक्रमको ४ लाख ९७ हजार, कालीमाटी गाउपालिका वडा नम्बर २ को १ लाख ५० हजार, समुदायको नगद १४ हजार र जनश्रमदान ५ लाख ३१ हजार गरेर करिब ११ लाख ९३ हजार ४ सय ४० रुपैँयाको लागतमा बहुउद्धेश्यीय पानी प्रणाली सम्पन्न भएको हो । अहिले २९ घरधुरीका लागी १० वटा धारा जडान गरेको निर्माण उपभोक्ता समितीका अध्यक्ष केशव वलीले बताउनुभयो ।

गाँउमा खानेपानी नहुदाँ खानेपानीको लागी घण्टौँ समय बिताउनुपर्ने बाध्यता हटेको उहाँको भनाई छ । पानी ल्याउनको लागी घण्टौँ समय बिताउनु पथ्र्यो, हामीलाई यहाँ निकै समस्या थियो, गाँउमा पानी आएपछि सजिलो भएको छ उहाँले भन्नु भयो । स्थानियको आबश्यकतालाई मध्यनजर गर्दै खानेपानी ल्याउन बजार जानुपर्ने बाध्यताको अन्त्य गर्न बहुउद्धेश्यीय पानी प्रणाली सम्पन्न गरिएको पहल कार्यक्रमका जिल्ला सिँचाई प्राबिधिक महेश कुमार वलीले बताउनु भयो ।

यस प्रणाली अन्र्तगत स्थानियले खानेपानी र खेतवारीमा सिँचाई समेत गर्न सक्ने उहाँले बताउनुभयो  । यस प्रणालीबाट यहाँको ५० रोपनी बढी जग्गा सिञ्चित हुने छ । पहल कार्यक्रम जिल्लाका लेखपोखरा, दमाचौर, कालीमाटी रामपुर, लक्ष्मीपुर, निगाँलचुला र कुपिण्डे दह गरेर साबिकका ६ वटा गाबिसमा सञ्चालन भैरहेको छ ।

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष