• शनिबार-१-८-२०८१/ 20-Saturday-2024
  • 06:41:11

कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई छैन : मन्त्री केसी

बुद्धि पुन, रेडियो राप्ती

सल्यान २९, पुस ।

कर्णाली प्रदेशकी भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई नभएको बताउनु भएको छ । उहाँले बिगतमा कर्णालीका जनताको नाममा गरिबी बेचेर धेरैले खाएको बताउदैँ अब भने कर्णालीको गरिबी बेच्ने अधिकार कसैलाई नभएको बताउनु भएको हो ।

आईतबार नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘कर्णालीमा गरिबी छ, यहाँका जनता गरिब छन्, बेरोजगारीहरु पनि धेरै छन’ उहाँले भन्नु भयो —‘तर बिगतमा जसरी कर्णालीको गरिबी बेचेर अब खान पाईदैन् ।’

उहाँले कर्णाली प्रदेश सरकार सभ्य र बिकसित कर्णाली बनाउनको लागी अगाडी बढेको बताउनु भयो । ‘कर्णालीमा थुप्रै समस्या छन्, भौगोलिक बिकटता छ, चुनौती पनि त्यति कै छ, हामी बिभिन्न अबरोधहरुलाई पार लगाउदैँ बिकसित कर्णाली बनाउने अभियानमा जुटेका छौँ’— उहाँले भन्नु भयो ।

कर्णाली प्रदेश सरकारकी प्रबक्ता समेत रहनु भएकी मन्त्री केसीले हरेक क्षेत्रको बिकासमा डुब्लीकेशन नहुने गरेर काम गर्ने बताउनु भयो । ‘केन्द्र सरकारले ठूला आयोजनाहरु सञ्चालन गर्छ, प्रदेश सरकारले मझौला योजनाहरु सञ्चालन गर्छ, स्थानिय सरकारले साना योजनाहरु सञ्चालन गर्छ, हामीले बिकास निर्माणका योजनाहरुलाई डुब्लीकेशन हुन दिन्नौँ, यस बिषयमा कर्णाली प्रदेश सचेत छ’— उहाँले भन्नु भयो ।

उहाँले कर्णाली प्रदेश सरकारले हरेक योजनाहरुमा आर्थिक अनियमितता हुन नदिने घोषणा पनि गर्नु भएको छ । बजेटलाई परिणाममुखी तरिकाले खर्च गर्ने बताउदैँ उहाँले हरेक क्षेत्रमा पारदर्शिकता कायम गर्ने पनि बताउनु भयो । उहाँले बिकास निर्माणका हरेक कामहरुमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनु भयो ।

 

नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष प्रगती गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले कर्णालीमा कृषिको सम्भावना धेरै भएकाले कृषिको माध्यमबाट कर्णालीको बिकास गरिने बताउनु भयो । उहाँले कृषकहरुलाई कृर्षिमा आकृर्षित गर्न प्रदेश सरकारले अनुदान सहितका बिभिन्न कार्यक्रम सञ्चालन गरेको पनि बताउनु भयो ।

उहाँले गरिब किसानहरुको लागी गरिब किसान हातेमालो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेट नै बिनियोजन गरेको बताउनु भयो । नेपाल पत्रकार महासंघकी सदस्य सरिता चलाउनेको स्वागत मन्तब्यबाट शुरु भएको सम्मेलनको सहजीकरण कोषाध्यक्ष योगराज बिकले गर्नु भएको थियो ।

यसैबिच किसानहरुलाई किसान परिचय पत्र उपलब्ध गराउन माग गर्दै हेड नेटवर्क सल्यानले मन्त्री केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बास्तबिक किसान पहिचान गरेर उनीहरुलाई परिचय पत्र उपलब्ध गराउन माग गरेको हो । सल्यानमा हाल सम्म २ जना कृषकहरुले मात्रै बाली बिमा गरेको भन्दै किसानहरुलाई लागतको आधारमा नभएर उत्पादनको आधारमा बाली बिमा गर्ने बाताबरण बनाईदिन हेड नेटवर्क सल्यानले माग गरेको छ ।

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का