• शुक्रबार-१-७-२०८१/ 19-Friday-2024
  • 10:37:37

भूमध्यसागरमा खस्यो रुसको विमान, चालक दलसहित १५ जनाको ज्यान गयो


रेडियो राप्ती, समाचार डेस्क
सल्यान २, असोज ।
रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

त्यस आक्रमणबाट विमानमा यात्रारत १५ जनाको ज्यान गएको रूसको दाबी छ । रूसले विमान आक्रमणमा इजरायली हात रहेको बताएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपका क्रममा विमान जमिनमा खसेको र चालक दलका सदस्यसहित सबैजनाको ज्यान गएको रूसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

रूसी सेनाले दिएको जानकारी अनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० लाई रूसी हवाई अखडामा फर्किरहेका बेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो ।

इजरायली चालकले रूसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मङ्गलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताउनुभयो । तर इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दाबीको खण्डन गर्नुभएको छ ।

रूसले विमानको भग्नावशेष र केही मृत शरीरलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ । केही यात्रुको मृत शरीरलाई उद्धार कार्य जारी रहेको पनि रूसी अधिकारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

तान्जिनियामा डुङ्गा दुर्घटना, २०७ जनाको मृत्यु

  तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार डुङ्गा दुर्घटना हुँदा २०७ जना पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ । यातायातमन्त्री आइज्याक

बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

असोज ४ । भारतको मध्यप्रदेशमा बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइएको छ । चार वर्षकी बालिका बलात्कार गर्ने शिक्षक महेन्द्रसिंह गोंडेलाई

भारतीय सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई दियो मान्यता

सल्यान २४ भदौ । भारतको सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई मान्यता पाएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसलाई अपराधको सूचीबाट हटाएको छ