• बुधबार-१-२६-२०८१/ 08-Wednesday-2024
  • 05:41:51

दशैँमा मासु खानु फाईदा कि बेफाईदा ? यस्तो छ चिकित्सकको सुझाव !



सल्यान २९, असोज ।
दशैँमा मासु कम खान चिकित्सकहरुले सुझाव दिएका छन् । धेरै मासु खादाँ स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ताजा र स्वच्छ मासु खान चिकित्सकहरुले सुझाव दिएका हुन् । दशैँको समयमा धेरै मासु खानुपर्छ भन्ने हाम्रो समाजमा मान्यता रहेको छ ।

रेडियो राप्तीकर्मी बुद्धि पुनसँग कुरा गर्दै जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले दशैँमा मासु धेरै खानुपर्छ भन्ने मान्यता हटाउनु पर्ने बताए ।


‘दशैँमा राँगा, खसीबोका, सुँगुरबंगुर, कुखुरा आदीको मासु खाने प्रचन हाम्रो समाजमा धेरै छ, झन मासु एकै पटक धेरै जम्मा गरेर तीन÷चार दिन सम्म खाने प्रचलन छ, यो राम्रो होईन, मासु जती सक्यो ताजा र स्वच्छ खानु पर्दछ’— उनले भने । उनले रोगी, बिरामी भएको, झोक्राएको, ¥याल काढेर पशुपंक्षिको मासु नखान आग्रह गरे ।


‘मासु खानु स्वास्थ्यका लागी फाईदा जनक नै हुन्छ, तर सफा, स्वच्छ, ताजा मासु खानु पर्दछ’ उनले थपे —‘चिल्लो तथा बोसो भएको खसी, सुँगुर, बंगुरको मासु सके सम्म कम खानु राम्रो हुन्छ ।’

उनले तीन÷चार दिन सम्म राखिएको, मासु काट्दा सरसफाई नगरिएको, झिंगा बसेको, धेरै मासु खाँदा पखाला लाग्नुका साथै फुटपाईजन हुने सम्भावना समेत रहेको बताए । प्रमुख डाक्टर बुढा मगरले सुगर, प्रेसर जस्ता समस्या भएका बिरामीले सकेसम्म मासु नखानु राम्रो हुने बताए ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने