• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 03:00:31

३४ वर्ष पछि सल्यान जिल्ला अस्पतालमा दन्त सेवा शुरु


बुद्धि पुन, समाचार डेस्क,
सल्यान २ असोज ।
सल्यान जिल्ला अस्पतालले दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो । सल्यान जिल्ला अस्पतालमा नै दाँतका बिरामीहरुको उपचार हुन थालेपछि सेवाग्राहीहरु खुसी भएका छन् ।


दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त सेवा पनि बिस्तार गरिएको हो । अहिले दाँत सम्बन्धी समस्या भएका बिरामीले सहजै उपचार सेवा पाउन थालेको डेण्टल सर्जन सृजा पोख्रेलले बताउनुभयो ।


अहिले अस्पतालमा दाँत सम्बन्धी समस्या भएका ३÷४ जना बिरामीहरु दैनिक रुपमा आउने गरेको बताउनुभयो । दाँत सफा गर्ने, दाँत निकाल्ने जस्ता सेवा प्रदान गर्दै आएको उहाँको भनाई छ । ‘हामीले सेवालाई बिस्तार गर्दै लगेका छौँ, आगामी दिनमा दाँत भर्ने, शल्यक्रिया गर्ने लगाएतका सेवा पनि बिस्तार गर्ने छौँ’— उहाँले भन्नुभयो ।


अस्पताल स्थापना भएको ३४ वर्षपछि अस्पतालमा विशेषज्ञसहितको दन्त सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरले बताउनुभयो । २०४२ सालमा स्थापना भएको अस्पतालमा दाँत सम्बन्धी समस्या भएका विरामीहरुलाई ध्यानमा राख्दै दन्त सेवा शुरु गरिएको उहाँको भनाई छ ।


दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएकोमा दन्त विशेषज्ञ मार्फत सेवा थालिएको अस्पतालले जनाएको छ । ‘अस्पतालमा दाँतका बिरामी धेरै आउने गरेकाले विशेषज्ञ ल्याएर सेवा दिन थालिएको हो’ उहाँले भन्नुभयो —‘अब दाँत सम्बन्धी समस्या भएका बिरामीको सम्पूर्ण उपचार यहीँ हुन्छ ।’


जिल्लामा यस अघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को मुल्य तिरेर निजी क्लिनिक मार्फत सेवा लिने गरेका थिए । जिल्लाका नागरिकहरुलाई छिटो छरितो र भरपर्दो सेवा दिन दन्त सेवा सुरु गरिएको जिल्ला अस्पताल सल्यानको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह

रेडियो राप्ती समाचार डेस्क, सल्यान ६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने