• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 11:27:37

सल्यानमा खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने


रेडियो राप्ती, समाचार डेस्क,
सल्यान ९ असोज ।
सल्यानमा जिल्ला स्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यानको आयोजनामा बिगतका बर्ष जस्तै यस बर्ष पनि असोज १० गते देखी १२ गतेसम्म प्रतियोगिता हुने भएको हो । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा हुने प्रतियोगिताको बिजेताले १५ हजार रुपैँया नगद पाउने छ ।


यस्तै द्धितिय हुने टिमले १० हजार र तृतिय हुने टिमले ५ हजार रुपैँया पाउने जिल्ला व्याटमिन्टन संघ सल्यानका सचिब हिमाल यात्रीले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता यही असोज १०, ११ र १२ गरेर तीन दिन सञ्चालन हुने बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउनको लागी टिम दर्ता शुल्क तीन हजार तोकिएको छ ।


साथै सोही अबशरमा बिजया दशमी तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा जिल्लाबाट करिब ५० वटा टिमको सहभागिता रहने आयोजकले आँकलन गरेको छ ।

 

प्रतिकृया दिनुहोस

प्रथम मेयर कप खेलकुद प्रतियोगिता थारमारेमा शुरु

रेडियो राप्ती, समाचार डेस्क, सल्यान २, जेठ । प्रथम मेयर कप खेलकुद प्रतियोगिता बुधबार देखी सल्यानको थारमारेमा शुरु भएको छ । बागचौर नगरपालिकाको

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निराजन माबि ढोरचौले जित्यो

रेडियो राप्ती, समाचार डेस्क, सल्यान ३०, बैशाख । सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोजितको शिल्ड निराजन माद्यामिक

आठौ राष्ट्रिय खेलकुदमा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने

रेडियो राप्ती, समाचार डेस्क सल्यान १८, पुस । आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सल्यानका १ सय ८४ जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । माघको