• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 01:20:11

पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको छः शाह


रेडियो राप्ती समाचार डेस्क,
सल्यान ६ असोज ।
कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको बताउनुभएको छ । उहाँले जिल्लामा निर्माण भएका दर्जनौँ सडकको स्तरोन्नती नभएको, शिक्षा, स्वास्थ्य क्षेत्रमा भौतिक संरचनाको अभाव देखिएको, बिद्युक्तको उचित बिस्तार हुन नसकेको भन्दै जिल्लाको बिकासको लागी पूर्वाधार बिकासलाई प्राथामिकता दिने बताउनुभएको हो ।


जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ ले कालिका माद्यामिक बिद्यालयको  प्रांगण कजेरीमा आईतबार आयोजना गरेको वडा स्तरीय अन्तर बिद्यालय हाजिरीजवाफ, बक्तृत्वकला प्रतियोगिता तथा दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सल्यान प्रदेशसभा क बाट निर्बाचित प्रदेशसभा सदस्य शाहले यस वडामा अझैपनि बिद्युत्तको पहुँच पुग्न नसकेकाले बिद्युत्त बिस्तारको लागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


‘यस वडा जिल्लाको सदरमुकाम संग जोडिएको वडा भएपनि बत्तिमुनिको अध्यारो जस्तै भएको छ, कजेरीमा बिद्युत्त बिस्तारको लागी आगामी दिनमा पहल गर्ने प्रतिबद्धता गर्छु’— उहाँले भन्नुभयो । वडाअध्यक्ष लिला बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका शारदा नगर कमिटी अध्यक्ष नबिन भँडेल, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम लगाएतले बोल्नु भएको थियो ।


कार्यक्रममा वडाको समग्र बिकासमा सहयोग गरेको भन्दै महिला स्वास्थ्य स्वयम्सेबिका, स्वास्थ्य चौकी, वडामा रहेका सम्पूर्ण बिद्यालयलाई सम्मान गरिएको थियो । यस्तै अन्तर बिद्यालय स्तरीय बिभिन्न प्रतियोगिताहरु समेत सञ्चालन गरिएको थियो । जसमा प्राबि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनबिकास आधारभूत बिद्यालय ओखे्रनी प्रथम, सरस्वति प्राथामिक बिद्यालय गैरागाँउ द्धितिय र कालिका माद्यामिक बिद्यालय कजेरी तृतिय भएको छ ।


यस्तै प्राबि तर्फकै कुर्सी दौड प्रतियोगितामा शारदा आधारभूत बिद्यालयका सुनिता बुढाथोकी प्रथम, कालिका माद्यामिक बिद्यालयका करुणा बिक द्धितिय र सरस्वति आधारभूत बिद्यालयका सुनिल बोहरा तृतिय हुनुभएको छ । यस्तै निमाबि स्तरीय बक्तृत्वकला प्रतियोगितामा कालिका माबिका धनिराम कुमाई प्रथम, जनबिकास आधारभूत बिद्यालयका टेकराज कुमाई द्धितिय र कालिका माबि कै राजिना बुढाथोकी तृतिय हुनु भएको छ ।


यस्तै माबि स्तरीय बक्तृत्वकला प्रतियोगितामा कालिका माबिका शारदा खड्का प्रथम, सोही बिद्यालयका लक्ष्मी रोका द्धितिय र सोही बिद्यालय कै पूर्णिमा बुढाथोकी तृतिय हुनुभएको छ । प्रतियोगतामा बिजेता सबै बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित शैक्षिक सामाग्री प्रदान गरिएको थियो । वडासचिब नरेश कुमार बिष्टको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार शिव डाँगीले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते

सल्यानमा रोकी राखेको टिपर चल्दा १ को ज्यान गयो ३ घाइते रेडयाे राप्ती सल्यान १४ असोज सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै ज्यान

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन, समाचार डेस्क, सल्यान ५, असोज । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने

३४ वर्ष पछि सल्यान जिल्ला अस्पतालमा दन्त सेवा शुरु

बुद्धि पुन, समाचार डेस्क, सल्यान २ असोज । सल्यान जिल्ला अस्पतालले दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा