• सोमबार-१-१७-२०८१/ 29-Monday-2024
  • 08:16:17

राष्ट्रको सर्वाङगिन विकास: युवा र मदिरा


रेडियो राप्ती,
सल्यान २६, असार ।

सिर्जनशिल एवं उत्पादनसिल कार्यमा सहभागी भई राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवाललाई आत्म साथ गर्दै देशको सर्वाङगिन विकासमा योगदान दिनुपर्ने जिम्मेवारी युवाको काँधमा आएको छ । सामाजीक, आर्थिक, सास्ंकृतिक र राजनितिक रुपान्तणका लागि विगत लामो समय देखि युवाहरुले पहलकदमी लिदै आएता पनि सोचे जस्तो उपलब्धी हासिल गर्न सकिएको छैन ।


तसर्थ राज्यका हरेक निति निमार्ण एवं कार्यन्वयन तहमा युवाको पहुँच, प्रतिनिधित्व र पहिचानलाई सुनिश्चित गर्न आवश्यक छ । युवा भित्र रहेको जोश, जागर र सिर्जनतशिलतालाई समृद्ध नेपाल निमार्ण गर्ने युगिन कार्यमा सहि सदुपयोग गर्नुपर्ने आवश्यकता पनि महसुस भएको छ । देशले मागेको बेलामा युवाहरुले आफ्नो रगतको वलि चढाई सहिद बन्न पनि पछाडि परेका छैनन तर पनि राज्यले युवाहरुको त्याग र  बलिदानलाई संबोधन गर्न सकेको छैन ।

 

‘देशले मागेको बेला युवाहरुले आफ्नो रगतको वलि चढाई सहिद बन्न पनि पछाडि परेका छैनन ।’


पछिल्लो समय नेपाली युवामा मदिरा सेवन एउटा भयांकर विकराल डरलाग्दो समस्याको रुपमा जरो गाडेको पाईन्छ । यसबाट पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा  हानी र नकारात्मक असर परिरहेको छ । नेपालमा मदिरा उत्पादन, विक्रि, वितरण तथा उपभोगको विषयमा कानुनी व्यवस्था छ । मदिराको प्रयोगले युवाको स्वास्थ्यमा पारेको असरको बारेमा कुनै पनि नीतिगत एवंम् कानुनी व्यवस्था भएको पाईदैन ।

‘नेपालमा मदिरा सामाजिक संस्कारको रुपमा रहेको छ ।’


नेपालमा अझै पनि सवारी दूर्घटनाको मूल कारण मदिरा सेवन पनि हो जसले गर्दा जनधनको क्षती हुनुको साथै युवाको ज्यान पनि जाने गर्दछ । नेपालमा मदिरा सामाजिक संस्कारको रुपमा रहेको छ । यहाँ बसोबास गर्ने अधिकांश जनजाती तथा दलित परिवारमा मदिरालाई देवताको प्रसादका रुपमा लिईन्छ साथै सबै खालको चाडपर्बमा पनि यसको प्रचलन छ ।


समाजमा हुने रितिरिवाज र परम्परामा पनि खुलेआम मदिरा सेवन गर्ने गरिएको पाईन्छ । त्यसको सिधा असर युवामा पर्ने भएता पनि त्यसको उपभोग बारे गलत धारणाको बिकास हुन पुगेको बर्तमान परिस्थिति हो । अर्कोतिर मदिराको व्यापार तथा उद्योग एवं बहुराष्ट्रिय कम्पनीले युवालाई नयाँ मदिरा उपभोगको रुपमा लक्षित र केन्द्रित गरेको छ ।


नेपालको संबिधानले बाँच्न पाउने अधिकार र स्वस्थ रहन पाउने मौलिक अधिकारलाई प्रत्याभूति गरे पनि मदिरा रहित घर र समाज निर्माण हुन नसक्दा चुनौतीपूर्ण भएको छ । नेपालमा सबै भन्दा ठुलो समस्याको रुपमा तेर्सिएको घरेलु मदिराको उत्पादन र अवैध बिक्री पनि हो, जसको नियन्त्रण  र नियमनको दायरामा ल्याउन केही पहल भैई रहेको छ ।


तर घरेलु रुपमा उत्पादन गरिने मदिरा सस्तो र स्वास्थ्यका लागि ज्यादै हानिकारक भई मृत्यु समेत भएको अवस्था छ । खाद्यान्न अभाव भएका मुलुकहरु मध्ये नेपाल पनि पर्दछ । बिषेश गरी अन्नहरु घरेलु मदिरा बनाउन प्रयोग गरिने र मदिरा बेचेर चामल किन्ने परम्परा बसिसकेको छ ।


यसले गर्दा मदिराले गरिबीलाई बढवा दिनुका साथै मदिराका कारण नेपालले सह्रशाव्दी लक्ष्य हासिल गर्न नसक्ने स्थितिमा पुगेको छ । खाद्यान्न अभाव, कुपोषण र गरिवी बढाउन समेत मदिरा जिम्मेवार छ । गरीब मजदूरहरुले दैनिक कमाई गर्ने आफ्नो आम्दानीका धेरैे हिस्सा मदिरा सेवनमा गर्ने गरेको पाइन्छ ।  जसले गरीबीलाई झन बढावा दिईरहेको अवस्था छ ।

‘नेपालको संबिधानले बाँच्न पाउने अधिकार र स्वस्थ रहन पाउने मौलिक अधिकारलाई प्रत्याभूति गरे पनि मदिरा रहित घर र समाज निर्माण हुन नसक्दा समस्या भएको छ ।’


मदिराको व्यापार तथा उद्योग एवं बहुराष्ट्रिय कम्पनीले युवालाई नयाँ मदिरा उपभोगको रुपमा लक्षित र केन्द्रित गरेकोछ । नेपालमा बलात्कार र हत्याको घटनाको मूल कारण पनि मदिरा नै रहेको पाईन्छ । देशमा विभिन्न मदिरा नियन्त्रण, नियमन, विक्रि वितरण र उत्पादन सम्वन्धि कानुनको व्यवस्था भएपनि ति कानुनहरुको क्षेत्र विस्तृत नहुनु, ति कानुनमा भएका व्यवस्थाले हाल विद्यमान रहेका समस्याहरुको निकारण गर्न नसक्नुले मदिराजन्य पदार्थको उत्पादन, विक्रि, वितरण, उपभोग र प्रचारका सवै क्षेत्रहरुलाइै समेट्ने गरी एक विस्तृत नीति आवश्यकता महशुष गरिएको हो । मदिराजन्य पदार्थको प्रयोगले युवाको व्यक्तिगत रुपमा शारीरिक, मानसिक, संवेगात्मक सामाजिक, आर्थिक नोक्सानी पुर्याउँद छ भने पारिवारिक, सामाजिक रुपमा विभिन्न समस्याहरु देखा पर्दछन् ।


यसै सन्दर्भमा नेपाल सरकारले मदिराको हानिकारक प्रयोग रोकथाममा राष्ट्रिय मदिरा नियन्त्रण नीति २०७४ तर्जुमा भैई सकेको अबस्थामा यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ । नेपालमा मदिरा उत्पादन, विक्रि, वितरण तथा उपभोगको विषयमा कानुनी व्यवस्था भएता पनि ती कानूनहरुमा मदिराको हानीकारक प्रयोगले युवाको स्वास्थ्यमा पारेको असरको बारेमा कुनै पनि तथ्यांक  पाईदैन् ।

‘युवालाई राष्ट्रको सर्वाङ्गीन विकासमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरि खोज तथा अनुसन्धानका निम्ती आवश्यक बजेट विनियोजन गरि कार्यन्वयन गर्न जरुरी छ ।’


अव नेपाल सरकारले मदिरा र यसको हानिकारक प्रयोगले युवा स्वास्थ्यमा परेको असर र युवालाई राष्ट्रको सर्वाङ्गीन विकासमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरि खोज तथा अनुसन्धानका निम्ती आवश्यक बजेट विनियोजन गरि कार्यन्वयन गर्न जरुरी छ । युवाहरुले मदिरामा अत्याधिक खर्च गरिरहेको अवस्था छ भने, यो खर्चलाई रोकथाम गरि रचनात्मक कार्यमा परिचालन गर्न सक्यो भने पनि राष्ट्रको सर्वाङ्गीन विकासमा महत्पूर्ण टेवा पुग्ने छ ।


तसर्थ, राज्यको पूनःसंरचना भैई सकेको अवस्थामा राज्यका तीन तह नै परिचालन हुनु जरुरी छ र सरोकारवाला सम्वन्धीत सवैले राष्ट्रिय मदिरा नियन्त्रण नीति २०७४ कार्यन्वयनमा सहयोग गर्नुपर्दछ । यसो गर्न सकेमा समृद्ध नेपाल, सुखी नेपाली अभियान सार्थक लक्ष्यमा पुग्ने छ ।

 

प्रतिकृया दिनुहोस

जाडोको समयमा कालो चिया ? यस्ता छन् फाइदा !

सल्यान २९, मंसिर । अहिले सल्यान लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो

'समृद्ध कर्णालीको लागी पूर्बाधार बिकास आबश्यक'

धिरज भण्डारी प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रर्यटन बर्ष २०१८ सुरु गदैँ मुगुको राराबाट भन्नुभयो—‘सुख नेपाली समृद्धि नेपाल’ निर्माण गर्न

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- 'सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा'

सल्यान १६, असोज । विभिन्न तत्वहरूको मिलनबाट हाम्रो शरीरको निर्माण भएको हुन्छ । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि पनि विभिन्न तत्वहरूको आवश्यकता