• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 05:10:45

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !


बुद्धि पुन, रेडियो राप्ती,
सल्यान १० असोज ।
सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष २०७५र०७६ देखी सञ्चालन गरेको सुत्केरी प्रोत्साहन भत्ता यस बर्ष कटौती गरेको हो । सुत्केरी महिलाले वडा कार्यालयले बनाएको मापदण्ड पुरा गरेमा वडाको तर्फबाट २ हजार रुपैँया दिदैँ आएको थियो ।


सरकारको नियम अनुसार नियमित ४ पटक गर्भ जाँच गरेमा ८ सय र स्वास्थ्य संस्थामा गएर सुत्केरी भएमा यातायात खर्च बाफत २ हजार रुपैँया दिईन्छ । यसमा वडा कार्यालयले केही मापदण्ड बनाएर ती मापदण्ड पुरा गर्ने सुत्केरी महिलाहरुलाई वडाको तर्फबाट २ हजार रुपैँया दिदैँ आएको थियो ।


तर बिबिध कारणले यस बर्ष सो कार्यक्रममलाई निरन्तरता दिन नसकिएको वडाअध्यक्ष लिलाधर घर्तीले बताउनुभयो । ‘नियमित गर्भ जाँच गर्ने, स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने, सुत्केरी पश्चात पनि नियमित आमा र बच्चाको स्वास्थ्य परिक्षण गर्ने र ३५ दिन भित्रमा वडा कार्यालयमा गएर जन्मदर्ता गराउनेलाई वडाले २ हजार रुपैँया बितरण गरेको हो’ उहाँले भन्नुभयो—‘यस बर्षको बजेटमा यस कार्यक्रमलाई समेट्न सकेका छैनौँ ।’


उहाँका अनुसार वडा कार्यालयले मापदण्ड पुरा गर्ने ३६ जना महिलालाई गत बर्ष २ हजारका दरले सुत्केरी प्रोत्साहन भत्ता बितरण गरिएको थियो । ‘हामीले बिकास बजेटबाट खर्च गर्ने गरि गत बर्ष कार्यक्रम सञ्चालन गरेका थियौँ, यसले बिकास बजेट कम हुने भयो, अर्को तर्फ यस कार्यक्रमलाई भन्दा सुत्केरी भएको दिनमा नै पोषिलो खानेकुराहरु बितरण गर्ने की भन्ने बारेमा छलफल भयो, तर समयमा नै निर्णय हुन नसक्दा कार्यक्रमले निरन्तरता पाउन सकेन्’—उहाँले भन्नुभयो ।


वडा कार्यालयले सुत्केरी भत्ता कटौती गरेपछि स्थानियले आक्रोसित भएका छन् । प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरामा गत आर्थिक बर्षमा ६५ जना महिला सुत्केरी भएका थिए । अहिले स्वास्थ्य संस्थामा गर्भजाँच गर्न आउने महिलाहरुलाई एक पोका आयोडिन नुन र लाईफ ब्वाए सावुन बितरण गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

जनप्रतिनिधिको कामः सुत्केरी प्रोत्साहन भत्ता कटौती !

बुद्धि पुन, रेडियो राप्ती, सल्यान १० असोज । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ ले सुत्केरी प्रोत्साहन भत्ता कटौती गरेको छ । गत आर्थिक बर्ष

प्रबिधिमैत्री बन्दै सल्यान अस्पताल : इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु

बुद्धि पुन, रेडियो राप्ती सल्यान ८ असोज । सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै गएको छ । नेपाल कै पहिलो अस्पतालको रुपमा सल्यान जिल्ला अस्पतालमा